काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ता बिहानैदेखि सिलिन्डर बोकेर लाममा बस्न बाध्य भएका छन्।
सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण गर्ने जानकारी दिएपछि भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा बिहानैदेखि सर्वसाधारणको लाम लागेको छ।
आज त्यहाँ नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट र सुगमलगायत कम्पनीका ग्यास वितरण हुने भनिएपछि उपभोक्ता सिलिन्डर बोकेर पुगेका हुन्। लामो लाइनले उपत्यकामा ग्यासको अभाव अझै कायम रहेको देखाएको छ।